लक्ष्मी पूजाका दिन १३ जना संक्रमितले गुमाए ज्यान

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज लक्ष्मी पूजाका दिन १३ जनाको मृत्यु भएको पुष्टि भएको हो । त्यसो त यो संख्या पछिल्लो २४ घण्टामा मृत्यु हुनेको हो । तर मन्त्रालयले हिजो नै मृत्यु भएकाको पनि आज मात्र अपडेट दिने गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२१५ पुगेको छ ।
आज देशभर १९४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ । यी मध्ये १ लाख ७० हजार ६३२ जना कोरोना जितेर संक्रमणमुक्त भइसकेका छन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा