Health TV Online
Health TV Online
Health TV Online

तिहारमा दाजुभाइलाई दिइने ‘भाइ मसला’ को यस्तो छ महत्व

तिहारमा दाजुभाइलाई दिइने ‘भाइ मसला’ को यस्तो छ महत्व

नेपालीहरुको  दोस्रो महान चाड तिहार नजिंकिंदै छ । बडादशैं सकिएलगत्तै तिहारको रौनक शुरु भइहाल्छ । यसपटक विश्वभरी फैलिएको कोरोना महामारीका कारण सरकारले जो जहाँ छ त्यही बसेर चाडबाड मनाउन आग्रह गर्दै आएको छ । त्यसैले चाहेर पनि भिडभाड गर्ने समूहमा रमाइलो गर्ने अवस्था यो वर्ष छैन् । तर सधैं झै यो वर्ष पनि जो जहाँ छ त्यहीं रहेर पनि तिहार मनाउँदैछन्।

त्यसो त हाम्रा हरेक चाडबाड एवं संस्कृति स्वास्थ्यका हिसाबले निकै वैज्ञानिक रहेका पाइन्छन्। चाहे त्यो माघे सक्रान्तिमा घ्यु चाकु खाने प्रचलन होस वा साउन १५ मा खीर यी सबैको आ आफ्नो महत्व रहेको छ। बडा दशैंमा जसरी परिवारका सबै सदस्य एकै ठाउँमा जम्मा हुने , खसीको मासुको विभिन्न परिकार बनाएर खाने प्रचलन छ त्यसैगरी तिहारमा सेल रोटी, मिठाई खाने प्रचलन रहेको छ । यसैगरी तिहारमा विशेष गरी दिदीबैनीले आफनो दाजुभाईलाई भाइ मसलाको रुपमा काजु, बदाम, किसमिस, पेस्ता, ओखर दिने प्रचलन छ । यो असाध्यै राम्रो प्रचलन हो । यी भाइ मसला सुक्ष्म पौष्टिक तत्वले भरिपूर्ण हुन्छन्। जुन हामी सबैलाई आवश्यक हुन्छ । यी ड्राइ फ्रुट्स केही महंगो हुने भएकाले सधैं सबैले खान सक्ने अवस्था नहसन सक्छ । तर कहिलेकाहीं भए पनि यस्ता खानेकुरा खाँदा स्वास्थ्यलाई लाभ गर्छ । यसका साथै यो बेला दाजुभाईलाई सेलरोटी मिठाई पनि दिने प्रचलन छ । गुण प्रयोग गरेर बनाइएका स्वास्थ्यकर मिठाई दिन सकिन्छ ।

दाजुभाइ र दिदीबैनीबीचको सम्बन्ध प्रगाण बनाउने चाड तिहार हो । त्यसैले हामीले यस चाडलाई स्वस्थकर पनि बनाउन जरुरी छ । पछिल्लो समय हाम्रा चाडबाड र स्ंस्कृतिमा विकृति समेत आइरहेका छन्। आधुनिक हुने नाममा अनावश्यक र फजुल खर्च गर्दै दाजुभाइलाई बट्टाको जुस, अल्कोहल, कोल्ड ड्रिक्स, रंगीचंगी मिठाई, प्याक गरिएको बजारका खानेकुरा समेत दिने प्रचलन बढेको पाइन्छ । यस्तो गर्नु सरासर आफना दाजुभाइको स्वास्थ्य बिगार्नु हो । त्यसैले आफनो गच्छे अनुसार घरमै बनाएका चिनी कम प्रयोग गरिएको मिठाई, स्वस्थकर तेल प्रयोग गरि बनाइएका सेल रोटी, थोरै ड्राई फ्रुट्स, फलफूलमा अम्बा, अमला, हलुवावेद, कागती लगायतका फलफूल दिन सकिन्छ । कति पैसा पर्यो भन्दा पनि स्वास्थ्यका हिसाबले कस्तो छ भन्ने हेर्न जरुरी छ ।

यसैगरी तिहारमा दाजुभाइलाई कहिल्यै नओइलिने मखमली फूलको माला लगाइदिने, तेल लगाइदिने चलन पनि रहेको छ । यसरी टाउकोमा तेल लगाउँदा मष्तिष्कमा आनन्द आउँछ । फूर्तिलो बनाउँछ। यो प्रचलन परापूर्व कालदेखि चलेको भए पनि निकै वैज्ञानिक ढंगले राखिएको छ । त्यसैले यसपटकको तिहार अझै विशेष छ । कोरोना महामारीका कारण सबै जना त्रसित छन्। जो कोहीलाई पनि कोरोना भाइरसको संक्रमण हुनसक्छ । त्यसका लागि रोग प्रतिरोधी क्षमता बलियो बनाउन जरुरी छ । यी र यस्ता स्ववस्थकर बानी हामीले अवलम्बन गर्यौं भने अवस्य पनि कोरोना मात्र हैन् अन्य रोगबाट पनि बच्न सकिन्छ । त्यसैले सबैले घरमै बनेका स्वास्थ्कर खानेकुरा खाने र खुवाउने बानी गरौं ।

यस वर्षको तिहारको सबैलाई शुभकामना ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना