आज थप २७३६ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्तालयका अनुसार आज देशभर थप २७३६ जना नयाँ संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ८५३ जना संक्रमित निको भएसँगै देशभर हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ६० हजार ५७७ पुगेको छ ।
उता गत २४ घण्टमा कोरोना संक्रमणबाट २२ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ सय ४८ जनाको मृत्यु भएको छ । हाल देशभर ३८ हजार ३५ जना सक्रिय संक्रमित रहेका छन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा