२४ घण्टामा २२ जना कोरोना संक्रमितले गुमाए ज्यान, मृतकको संख्या ११४८ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २२ जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११४८ पुगेको छ । यसैगरी गत २४ घण्टामा नेपालमा थप २७३६ जना कोरोनाको नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
योसँगै हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ । उता पछिल्लो २४ घण्टामा ८५३ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
हाल देशभर ३८ हजार ३५ जना सक्रिय संक्रमित रहेका छन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा