Health TV Online
Health TV Online
Health TV Online

यी १२ जिल्लामा छन् ५ सय बढी सक्रिय संक्रमित

यी १२ जिल्लामा छन् ५ सय बढी सक्रिय संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालका १२ जिल्लामा अझै पनि ५ सय बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७ जिल्लामध्ये १२ जिल्लामा कोरोनाका ५ सय बढी सक्रिय संक्रमित रहेका हुन्।

मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी,चितवन, काभ्रे, कास्की, नवलपरासी, दाङ, रुपन्देहीमा हाल ५ सय बढी सक्रिय संक्रमित रहेका छन्।  नेपालका ७७ वटै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको भए पनि हाल एउटा जिल्ला मनाङ जिल्लामा मात्र कोरोना संक्रमित छैनन्।

आइतबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ रहेको छ । यी मध्ये काठमाडौंमा सबैभन्दा बढी सक्रिय संक्रमित रहेका छन्। काठमाडौंमा मात्रै हाल १५ हजार ५२२ जना सक्रिय संक्रमित रहेका छन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना