थप २८१७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ लाख नजिक पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २८१७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख नजिक पुग्न लागेको छ । हाल देशभर १ लाख ९४ हजार ४५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यी मध्ये १ लाख ५७ हजार ९२६ जना संक्रमित निको भइसकेका छन् भने ३५ हजार ४१९ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।
उता गत २४ घण्टामा थप २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ सय ८ पुगेको छ ।
मन्त्रालयका अनुसार कोरोनाको आशंकामा ११ सय ४९ जना क्वारेन्टाइनमा रहेका छन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा