विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड नाघ्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड नाघेको छ । वर्ल्डोमिटरका अनुसार आइतबार बिहानसम्म विश्वमा कुल कोरोना संक्रमितको संख्या ५ करोड २ लाख ६३ हजार ८८५ पुगेको छ ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट हालसम्म १२ लाख ५६ हजार ३५४ जनाको मृत्यु भएको पुष्टि भएको छ । गत डिसेम्बरमा चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको संक्रमणको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । अमेरिकामा मात्रै हालसम्म १ करोड १ लाख ८२ हजार ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यी मध्ये अमेरिकामा २ लाख ४३ हजार २५७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।
अमेरिकापछि बढी प्रभावित भारत बनेको छ । भारतमा ८५ लाख ७ हजार ७५४ जनामा कोरोना देखिएको छ भने १ लाख २६ हजार १६२ जनाको मृत्यु भइसकेको छ । यद्यपी भारतमा मृत्युदर भने कम रहेको छ ।
नेपालमा हालसम्म १ हजार ८७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने १ लाख ९१ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको पाइन्छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा