Health TV Online
Health TV Online
Health TV Online

नेपालमा ४४१ जना सिकिस्त कोरोना संक्रमित : आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै

नेपालमा ४४१ जना सिकिस्त कोरोना संक्रमित : आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा ४४१ जना सिकिस्त कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४४१ जना सिकिस्त कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको हो । उनीहरु मध्ये ३६५ जना आईसीयूमा रहेका छन् भने ७६ जनाको भेन्टिलेटरको सहायतामाा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार हाल प्रदेश १ मा ४४ जना आईसीयू र १५ जना भेन्टिलेटरमा उपचाररत छन्। त्यसैगरी प्रदेश २ मा ८ जना संक्रमित आईसीयूमा रहेका छन् भने २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

उता बाग्मती प्रदेशमा सबैभन्दा धेरै १६३ जना आईसीयूमा र ३५ जना भेन्टिलेटरमा छन्। गण्डकी प्रदेशमा पनि ८० जना संक्रमितको आईसीयू र १७ जनाको भेन्टिलेटरमा उपचार हुँदैछ । उता कर्णाली प्रदेशमा ५ जना संक्रमित आईसीयूरमा उपचाररत छन्। भेन्टिलेटरमा कोही पनि नरहेको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा ७ जना कोरोना संक्रमितको आईसीयू र १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको जनाइएको छ । हाल देशभर ३५ हजार ४३५ सक्रिय संक्रमित रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना