Health TV Online
Health TV Online
Health TV Online

नेपालमा परीक्षण गरिएका मध्ये १२ प्रतिशतमा कोरोना संक्रमण पुष्टि

नेपालमा परीक्षण गरिएका मध्ये १२ प्रतिशतमा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना आशंकामा पीसीआर परीक्षण गरिएकामध्ये १२ प्रतिशतलाई कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पीसीआर परीक्षण गरेकाम्धये १२ दशमलब ४ प्रतिशतलाई कोरोना संक्रमण पुष्टि भएको पाइएको हो । नेपालमा सरदर दैनिक रुपमा १० हजार जनाको कोरोनाको आशंकामा पीसीआर परीक्षण हुने गरेको छ ।

त्यसमध्ये १२ प्रतिशतमा मात्रै कोरोना पाजेटिभ देखिंदै आएको मन्त्रालयले जनाएको छ । यसैगरी कोरोना संक्रमितमध्ये मृत्यु दर शुन्य दशमलब ६ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म देशभरका निजी र सरकारी गरी ७० वटा प्रयोगशालामा १५ लाख १७ हजार ३४३ जनाको पीसीआर परीक्षण गरिएको छ । ती मध्ये १ लाख ८८ हजार ८८३ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित मध्ये ८१ प्रतिशत निको हुने दर रहेको पाइन्छ । हाल देशभर ३४ हजार ९०५ जना सक्रिय संक्रमित रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना