पोखरामा १ महिने शिशुसहित थप ४ जना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \पोखरा : गण्डकी प्रदेशमा १ महिने शिशुसहित आज थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
गण्डकी मेडिकल कलेज र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रतिष्ठानमा तीन र गण्डकी मेडिकल कलेजमा एकजना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा पोखरा महानगरपालिकाका एक महिने शिशुसहित तीन र बाग्लुङको जैमिनी नगरपालिकाका एकजना २९ वर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकीमा आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय पुगेको छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा