Health TV Online
Health TV Online
Health TV Online

कैलालीमा कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

कैलालीमा कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

हेल्थ टिभी अनलाइन \कैलाली :कैलालीमा कोरोना संक्रमणबाट एक जना वडाध्यक्षको मृत्यु भएको छ।

कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो।

शाहमा कार्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना देखिएपछि उनलाई सोही दिन सेती प्रादेशीक अस्पतालको कोभिड आइसीयूमा राखेर उपचार थालिएको सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताएका छन्।

शाहमा श्वासप्रश्वासमा जटिल समस्या देखिएको र उपचारकै क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । शाह ७३ वर्षका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना