Health TV Online
Health TV Online
Health TV Online

नेपालमा कोरोना : संक्रमित हुनेमा ६७ प्रतिशत पुरुष

नेपालमा कोरोना :  संक्रमित हुनेमा ६७ प्रतिशत पुरुष

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमणमा पर्नेको संख्या महिलाको भन्दा पुरुषको बढी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमण महिलामा भन्दा पुरुषमा बढी देखिएको हो ।

मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म भएका कुल कोरोना संक्रमितमध्ये ६७ प्रतिशत पुरुष र ३३ प्रतिशत महिला रहेका छन्। बिहीबारसम्म १ लाख ८५ हजार ९५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोमा १ लाख २४ हजार ५१५ जना पुरुष रहेका छन्। त्यसैगरी कोरोना संक्रमण पुष्टि भएका महिलाको संख्या ६१ हजार ४५९ रहेको छ ।

यसैगरी हालसमम संक्रमित मध्ये १ लाख ४८ हजार ४०८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ७९ दशमलब ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कोरोनाको आशंकामा देशभर रहेका प्रयोगशालामा  कार्तिक २० गतेसम्म  १५ लाख ७ हजार १९० जनाको पीसीआर परीक्षण गरिएको पनि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा हालसम्म १ हजार ५२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संख्यालाई हेर्दा नेपालमा कोरोनाबाट हुने मृत्यु दर जम्मा शुन्य दशमलब ६ प्रतिशत रहेको जनाइएको छ । हाल देशभर ३६ हजार ५१४ जना सक्रिय संक्रमित रहेका छन्। जो होम आइसोलेसन तथा संस्थागत आइसोलेसनमा रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना