कोरोना परीक्षण र उपचारमा शुल्क लिन पाउनुपर्ने सरकारको माग सर्वोच्चद्वारा खारेज

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना (कोभिड -१९) को परीक्षण र उपचारमा शुल्क लिन पाउनुपर्ने भन्दै सरकारले सर्वोच्चमा पेस गरेको निवेदन खारेज भएको छ।
कोभिड -१९ को परीक्षण र उपचारमा सरकारले शुल्क लिन थालेपछि सर्वोच्चले नि :शुल्क गराउन आदेश दिएको थियो।
सर्वोच्चको यो आदेशपछि सरकारले उक्त आदेशको पुनरावलोकन गरिपाउँ भन्दै निवेदन दर्ता गराएको थियो। सो निवेदनमाथि सुनुवाई गर्दै बिहिबार शुल्क लिन नपाउने फैसला गरिएको हो। न्यायधीशहरु हरिकृष्ण कार्की, सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दर्ता गरेको निवेदन खारेज गरेको हो।
यो निवेदन खारेज भएसँगै कोभिड -१९ को परीक्षण र उपचार अबदेखि सरकारले निःशुल्क गर्नुपर्ने भएको छ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा