काठमाडौं उपत्यकामा थपिए १३९८ कोरोना संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १३९८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा १३९८ संक्रमित थपिएका हुन्।
आज संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका १ हजार ९१ जना, भक्तपुरका १४७ जना र ललितपुरका १६० जना रहेका छन्।
यसैगरी हाल काठमाडौंमा १६ हजार ३३१ जना सक्रिय संक्रमितको होम र संस्थागत आइसोलेसनमा उपचार भइहरेको छ । उता भक्तपुरमा १२ सय ४८ जना सक्रिय संक्रमित रहेका छन् भने ललितपुरमा २२ सय ७६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा २५९, भक्तपुरमा ६९ र ललितपुरमा ६५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
आज देशभर ३ हजार ५१ जना कोराना संक्रमित थपिएका छन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा