गण्डकी प्रदेशमा थप १३६ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \पोखरा : गण्डकी प्रदेशमा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले आज ४ पटकसम्म विज्ञप्ति जारी गर्दै थप १३६ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ८ हजार ४५७ पुगेको छ ।
निर्देशनालयका अनुसार पोखराको क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लाइफ केयर एण्ड डायग्नोष्टिक प्रालिमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।
सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन्। आज पुष्टि भएका संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा व्यवस्थापन गर्ने काम भइरहेको बताइएको छ ।
गण्डकी प्रदेशमा आज बिहानै पनि ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा