Health TV Online
Health TV Online
Health TV Online

कोरोनाको केस अनुसन्धान तथा कन्ट्याक्ट ट्रेसिङका लागि १९१ जना स्वास्थ्यकर्मीको माग

कोरोनाको केस अनुसन्धान तथा कन्ट्याक्ट ट्रेसिङका लागि १९१ जना स्वास्थ्यकर्मीको माग

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोना महामारी व्यवस्थापनका लागि भन्दै विभिन्न तहका १९१ जना प्राविधिक स्वास्थ्यकर्मीको माग गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सूचना जारी गर्दै प्राविधिक स्वास्थ्यकर्मीको दरखास्त आव्हान गरेको हो । आज जारी गरिएको सार्वजनिक सूचनामा कोरोना महामारी व्यवस्थापनमा टेवा पुराउने उद्धेस्यले केस अनुसन्धान तथा कोभिड १९ का बिरामीको पेसेन्ट प्रोफाइल तथा प्रयोगशाला सम्बन्धी तथ्यांक संकलनलाई व्यवस्थित गर्न जनशक्ति ३ महिना करारका लागि माग गर्दै यो सूचना जारी गरिएको उल्लेख छ । यसरी माग गरिएका प्राविधिक स्वास्थ्यकर्मीमा वीपीएच, एच ए र स्टाफ नर्स रहेका छन्।

मन्त्रालयका अनुसार छनौट हुने स्वास्थ्यकर्मीले स्वास्थ्य विभाग अन्तर्गतको विभिन्न महाशाखाहरु, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्लाका स्वास्थ्य कार्यालय तथा कोभिड अस्पतालमा गएर काम गर्नुपर्नेछ । मन्त्रालयले यसभन्दा अघि भदौ ३ गते अनलाइन माध्यमबाट आव्हान गरेको सूचना अनुसार दरखास्त दिएका र सूचीमा परेकाहरुलाई प्राथमिकतामा राखिने जनाएको छ ।

काम गर्न चाहने  स्वास्थ्यकर्मीले यसै सूचनामा दिइएको इमेल ठेगानामा एक साता भित्र दरखास्त दिन सक्नेछन्। यो सूचना आजको गोरखापत्रमा प्रकाशित गरिएको छ । दरखास्त फाराम मन्त्रालयको वेभसाइटमा उलपब्ध रहेको पनि जनाइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना