म्याग्नस फर्मामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : बारास्थित औषधि कम्पनी म्याग्नस फर्मामा काम गर्ने कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
बाराको रामपुर टोकनी गाउँपालिकामा अवस्थित औषधि कम्पनी म्याग्नस फर्मामा कार्यरत ५ जना कर्मचारीमा कोरोना पुष्टि भएको हाे । कम्पनीमा काम गर्ने कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अन्यको पनि स्वाब संकलन गरेर परीक्षण गर्ने बताइएकाे छ ।
उनले उनीहरु मध्ये धेरै जना एउटै रुम सेयर गरेर बस्ने भएकाले पनि संक्रमण देखिएको हुनसक्ने अनुमान गरिएकाे छ । उनीहरु त्यहींको स्थानीयहरु भएको बताइएको छ । म्याग्नस फर्मा नेपालको अग्रणी औषधि कम्पनी हो । जसको मुख्य कार्यालय वीरगंजमा रहेको छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा