भारतमा कोरोना संक्रमितको संख्या १७ लाख नजिक

हेल्थ टिभी अनलाइन\ काठमाडौं : भारतमा कोरोना संक्रमितको संख्या झण्डै १७ लाख पुगेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ शनिबार बिहानसम्म संक्रमितको संख्या १६ लाख ९७ हजार ५४ पुगेको छ । यसैगरी हालसम्म भारतमा ३६ हजार ५५१ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ५७ हजार ११७ जना कोरोना संक्रमित थपिएका छन् भने ७६४ जनाको मृत्यु भएको छ । यसैगरी भारतमा अहिलेसम्म १० लाख ९४ हजार ३७४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। ५ लाख ६५ हजार बढी सक्रिय संक्रमित रहेको बताइएको छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा