काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा शुक्रबार मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना संक्रमण देखिएको बताएका हुन्।
उनका अनुसार राजधानीका विभिन्न अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ३२ जना, ललितपुरका ५ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो समय काठमाडौं उपत्यकामा दैनिक रुपमा संक्रमित फेला परिरहेका छन्।
मन्त्रालयका प्रवक्ता गौतमले काठमाडौंमा जनस्वास्थ्यका सामान्य मापदण्ड पनि पालना नगरिएको पाइएको कारण संक्रमितको संख्या बढ्न पुगेको भन्दै यस्तो नगर्न आग्रह गरे ।
आज काठमाडौंसहित २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा