पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरस्थित पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत ६५ वर्षीया एक संक्रमित महिलाको आज बिहान मृत्यु भएको निर्देशक डा विष्णु शर्माले बताएका छन्।
उनले हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै भने, ‘वीरगञ्ज घर भई थसीखेल बस्दै आएकी ६५ वर्षीया महिलाका उपचारककै क्रममा मृत्यु भएको हो । डा शर्माले उनी प्राइभेट अस्पतालमा भर्ना भई उपचार गराइरहेको अवस्थामा कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएपछि साउन ६ गते पाटन अस्पताल आएको बताए ।
निमोनियाको समस्या जटिल भएको अवस्थामा अस्पताल आएकाले कोभिड आइसीयूमा राखेर उपचार गरिएकोमा आज बिहान उनको मृत्यु भएको पनि डा शर्माले जानकारी दिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा