बाँकेमा आइतबारदेखि पुन: लकडाउन

हेल्थ टिभी अनलाइन\ बाँके : बाँकेमा स्थानीय प्रशासनले फेरि लकडाउन गर्ने भएको छ ।
जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आज बसेको आकस्मिक बैठकले आगामी आइतवारदेखि फेरि लकडाउन गर्ने निर्णय गरेको हो ।
बाँकेमा कोरोना संक्रमणको जोखिम बढेसँगै बाँके प्रशासनले दोस्रो पटक लकडाउन गर्न लागेको बाँके प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिएका छन्। बाँकेमा लकडाउन खाेलेपछिको भिडभाडका कारण एकैपटक आज २७ जना संक्रमित थपिएसँगै स्थानीय प्रशासनले पुन: लकडाउन गर्ने निर्णय गरेको हो ।
बढी भिडभाड हुने राजश्व कार्यालय, यातायात कार्यालय, मिठाई पसल र उनको कन्ट्रयाक्टमा आएका गरि १६ जना ब्यक्ति गरेर एकैपटक आज २७ जना संक्रमित थपिएसँगै स्थानीय प्रशासनले समुदायस्तरमै कोरोना फैलिएको निष्कर्षसहित फेरि लकडाउन गरेर कोरोना रोकथाम तथा नियन्त्रणको प्रयासमा जुट्न बाध्य भएको जनाएको छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा