कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ ।
बुधबार वीरगञ्जस्थित नारायणी कोभिड अस्थायी अस्पताल र नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत दुई जना पुरुषको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले कोभिड अस्पताल र नेशनल अस्पतालमा उपचाररत दुई जनाको कोरोनाबाट मृत्यु भएको बताएका छन्। उनले भने, उहाँहरु फरक फरक लक्षण लिएर उपचारका लागि अस्पताल आउनुभएको र मृत्युपछि कोरोना पुष्टि भएको हो ।
उनीहरुको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो। दुबै जना दीर्घरोगी भएको बताइएको छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा