गण्डकीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं : गण्डकी प्रदेशमा बुधबार थप पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै आज थप ५ जनामा कोरोना देखिएको हो । पोखराको क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा चार जिल्लाका पाँचजनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ४३५ पुगेको छ।
आज संक्रमण पुष्टि हुनेहरुमा बाग्लुङको काठेखोला गाउँपालिकाका २३ वर्षीय पुरुष, स्याङ्जाको पुतलीबजार नगरपालिकाका ३५ वर्षीय पुरुष, तनहुँको भिमाद नगरपालिकाका ३७ वर्षीय पुरुष र म्याग्दीको मालिका गाउँपालिकाका ३४ वर्षीय पुरुष तथा अन्नपूर्ण गाउँपालिकाका ३५ वर्षीय पुरुष रहेका छन्। निर्देशनालयका अनुसार संक्रमितहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा