काठमाडौं भित्रिने तीन नाकाबाट ४८ सय १३ जनाकाे स्वाब संकलन

हेल्थ टिभी अनलाइन\ काठमाडाैं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं भित्रिने तीन नाकाबाट ४८ सय बढीकाे स्वाब संकलन गरेको बताएको छ ।
मन्त्रालयले काठमाडौंमा संक्रमितको संख्या बढ्दै गएपछि समुदायमा कोरोना भाइरस संक्रमण फैलिएको छ कि छैन् भन्ने पत्ता लगाउन काठमाडौं छिर्ने मुख्य तीन नाकामा स्वाब संकलन गर्न शुरू गरेकाे जनाएकाे हाे ।
मंगलबार दिउँसोसम्म ४ हजार ८ सय १३ जनाको नुमना संकलन भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। उनका अनुसार फर्पिङ नाकाबाट ९ सय ५५, थानकोट नाकाबाट २ हजार ९ सय १४ र साँगा नाकाबाट ९ सय ४४ जनाको कोरोना परीक्षणका लागि स्वाब नमुना संकलन भएको छ। यसको रिपोर्ट आउन बाँकी रहेको पनि उनले जानकारी दिए ।
यसैगरी मंगलबार मात्र नेपालमा ३११ जनामा काेराेना देखिएको छ। याेसँगै नेपालमा संक्रमितकाे संख्या १९ हजार ६३ पुगेकाे छ भने काेराेनाबाट हालसम्म ४९ जनाले ज्यान गुमाएका छन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा