बझाङमा ६५ वर्षका वृद्धकाे काेराेनाबाट मृत्यु

शेर भण्डारी \डडेल्धुरा : नेपालमा थप एक जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ ।
बझाङमा १ कोरोना संक्रमितको मृत्यु भएको हाे । मृत्यु हुनेमा बुङ्गल नगरपालिका ३ का ६५ वर्षका एक वृद्ध रहेका छन्। याेसँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४९ पुगेकाे छ ।
मृतकलाई १४ दिन क्वारेन्टाइन राखेर कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै साउन ६ गते घर पठाइएको स्वास्थ्य कार्यालय बझाङले जनाएकाे छ ।
तर घरगएपछि उनमा साउन ९ गतेदेखि स्वास्थ्यमा समस्या आएकाे र एक्कासी मृत्यु भएको स्वास्थ्य कार्यालय बझाङद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। काेराेना परीक्षणका लागि स्वाब संकलन गर्दा उनमा सोमबार कोरोना पोजेटिभ रिपोर्ट आएको पनि विज्ञप्तिमा उल्लेख छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा