कोभिड-१९ अहिलेसम्मकै गम्भीर स्वास्थ्य संकट : विश्व स्वास्थ्य संगठन

हेल्थ टिभी अनलाइन : विश्व स्वास्थ्य संगठनले कोभिड १९ अहिलेसम्मकै ठुलो र गम्भीर स्वास्थ्य संकट भएको बताएको छ । विश्व स्वास्थ्य संगठनले अहिलेसम्म घोषणा गरेकामध्ये सबैभन्दा गम्भीर विश्वव्यापी स्वास्थ्य संकट कोभिड १९ भएको संगठनका प्रमुख डा टेड्रोस एड्हानोम गेहब्रेयस ले बताएका छन्।
डा टेड्रोसले कोभिडलाई अहिलेसम्मकै गम्भीर संकट भन्दै यस महामारीवारे समीक्षा गर्न डब्ल्यूएचओको आपत्कालीन समितिको बैठक यसै साता पुनः बोलाउने बताए।
उनले भने, यसअघि विश्व स्वास्थ्य सङ्गठनले अन्य पाँचवटा स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छः इबोला दुई पटक, जीका, पोलियो र स्वाइन फ्लु।
गत जनवरीमा महिनामा विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरिएयता विश्वभरि एक करोड ६० लाखभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् भने साढे ६ लाखभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ।
टेड्रोसले भने, जनवरी ३० तारिखमा मैले जनस्वास्थ्यमा अन्तर्राष्ट्रिय संकटकालको घोषणा गर्दा चीनबाहिर सयवटा मात्रै कोरोनाभाइरस संक्रमण देखिएको थियो, मृत्यु भएकै थिएन । तर अहिले स्थिती भयावह छ । कोरोनाभाइरससँग जुझ्नका निम्ति विश्वले ठूलो प्रयत्न गरिरहे पनि अझै धेरै गर्न बाँकी रहेकोू टेड्रोसले उल्लेख गरे। बीबीसी
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा