आज विश्व हेपाटाइटिस दिवस मनाइँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : आज जुलाई २८ अर्थात विश्व हेपाटाइटिस दिवस । हेपाटाइटिसबारे जनचेतना फैलाउन विभिन्न कार्यक्रम गरी विश्वभर नै यो दिवस मनाईदैछ । नेपालमा पनि हेपाटाइटिसबारे चेतना फैलाउन विभिन्न संघ संस्थाले निशुल्क शिविर एवम अन्तरक्रिया कार्यक्रम गर्दैछन्।
हेपाटाइटिस रोगको बारेमा जनचेतना र यसको उपचारमा सबैको पहुँच पुर्याउनु पर्नेमा दिवसले जोड दिएको छ । हेपाटाइटिस कलेजोलाई संक्रमण गर्ने रोग हो । भाइरसको संक्रमणका कारण बिरामीको कलेजोमा असर पुगी काम गर्न नसक्ने अवस्थामा पुग्नु नै हेपाटाइटिस हो ।
हेपाटाइटिसका हालसम्म ए, बी, सी, डी र ई गरी ५ किसीमका भाइरसहरु रहेको पाईएको छ । हेपाटाइटिस बी भाइरस पत्ता लगाउने बैज्ञानिक बरुच स्यामुअल ब्लूमवर्गको सम्झनामा हरेक बर्ष जुलाई २८ तारिखका दिन यो दिवस मनाउने गरिएको छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा