बैतडीमा एक थुनुवा र सुत्केरी महिलामा पनि संक्रमण पुष्टि

शेर भण्डारी \डडेल्धुरा : बैतडीमा एक थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ । बैतडी जिल्लाको पुर्चौंडी नगरपालिका १० का ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। उनी अहिले बलात्कार आरोपमा इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा रहेका छन्।
स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार उनीसहित सोमबार बैतडीमा थप सात जनामा कोरोना पुष्टि भएको छ। उनका अनुसार डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा पाटन नगरपालिकाका ६ जना र पुर्चौंडी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो । उनीहरुलाई आइसोलेसनमा पठाउने तयारी भएको बताइएको छ ।
७ जना मध्ये एक जना दुई दिनकी सुत्केरी महिला समेत रहेको भट्टले बताए।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा