मणिपाल अस्पतालका डाक्टरमा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \पोखरा : पोखराको मणिपाल शिक्षण अस्पतालका एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पताको मेडिकल वार्डमा कार्यरत एमडी पहिलो वर्षमा पढ्दै गरेका डाक्टरमा कोरोना पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।
उनमा हल्का ज्वरो आएपछि आइतबार स्वाब संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाइएको थियो । उनको आज रिपोर्ट पोजेटिभ आएको हो ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आज अपरान्ह १२ बजे विज्ञप्ति जारी गर्दै कास्कीको दुई जनामा कोरोना पुष्टि भएको जनाएको छ । ती मध्ये एक जना डाक्टर रहेको अस्पताल स्रोतको भनाई छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा