काेराेनाकाे जाेखिम बढेकाे भन्दै विराटनगर महानगरले गर्यो अत्यावश्यक बाहेकको सेवा बन्द

हेल्थ टिभी अनलाइन \विराटनगर: विराटनगर महानगरपालिकाले कोरोनाको संक्रमण समुदायमा फैलिएको भन्दै यसलाई नियन्त्रण गर्न अत्यावश्यक सेवाबाहेक अन्य कार्य सोमबारदेखि स्थगित गर्ने निर्णय गरेको छ।
आइतबार महानगरपालिका प्रमुख भीम पराजुलीको अध्यक्षतामा बसेको नगरस्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
नगर तथा वडा कार्यालयले प्रदान गर्ने अत्यावश्यक सेवाहरु दमकल, एम्बुलेन्स, स्वास्थ्य, सरसफाइ, राजश्व व्यवस्थापन, सामाजिक सुरक्षा तथा अत्यावश्यक सिफारिसबाहेकका अन्य सबै सेवा स्थगित गर्ने निर्णय गरिएको पराजुलीले बताए ।
बैठकले नगरक्षेत्रभित्र संक्रमितको संख्या दिन प्रतिदिन वृद्धि हुँदै गएकाले सचेतनाका साथ स्वास्थ्य एवम् सुरक्षामा आवश्यक कडाइ गर्ने पनि निर्णय गरेको छ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा