कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै : वीरगञ्जमा मृत्यु भएका वृद्धमा संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : वीरगञ्जस्थित कोरोना विशेष अस्पतालमा आइतबार बिहान मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतक वृद्धको रिपोर्ट पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए ।उनले भने, ‘उहाँको रिपोर्ट पोजेटिभ आएको हो ।’ योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।
दीर्घरोगी उनलाई केही दिनदेखि ज्वरो आउने र अन्य समस्या आएको थियो । शनिबार राति उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि वीरगञ्ज हेल्थकेयरबाट कोभिड अस्पतालमा भर्ना गरिएको डा उपाध्यायले जानकारी दिए । उनको आइतबार बिहान उपचारकै क्रममा मृत्यु भएको थियो ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा