‘सेनिटाइजरको अत्यधिक प्रयोग छालाका लागि हानिकारक हुन सक्छ’

हेल्थ टिभी अनलाइन \काठमाडौं : सेनिटाइजरको अत्यधिक प्रयोग छालाको लागि हानिकारक भएको विज्ञहरुले बताएका छन्। आइतबार भारतीय स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै सेनिटाइजरको अत्यधिक प्रयोग नगर्न आग्रह गरेको हो ।
मन्त्रालयका विशेषज्ञ डा आर के बर्माले सेनिटाइजरको धेरै प्रयोग गर्दा यसले छालाालई स्वस्थ राख्ने राम्रो ब्याक्टेरियालाई समेत मार्ने हुँदा यसको धेरै प्रयोग गर्न नहुने बताए । उनले कोरोना महामारी शुरु भएदेखि नै सेनिटाइजर र मास्क हाम्रो जीवनको हिस्सा जस्तै बन्न पुगेको भन्दै यसको बेफाइदालाई पनि ध्यान दिनुपर्ने जनाएका छ्न्।
कोरोना संक्रमणबाट बच्ने उपायका रुपमा सेनिटाइजर प्रयोग गरिने भए पनि साबुन पानी उपलब्ध भएसम्म यसको प्रयोग कम गर्न उनले सल्लाह दिएका छन्। त्यसो त नेपालमा पनि कोरोना महामारी शुरु भएदेखि नै सेनिटाइजरको बिक्री र प्रयोग अत्यधिक बढिरहेको छ । मास्क लगाउने , सेनिटाइजरको प्रयोग गर्ने र भौतिक दूरी कायम गर्ने यी कोरोनाबाट बच्ने मुख्य सुत्र नै हुन्।
यता नेपालका वरिष्ठ छाला रोग विशेषज्ञ डा धर्मेन्द्र कर्ण पनि सेनिटाइजरको धेरै प्रयोग गर्दा यसले छाला सुख्खा बनाउने र यसको क्वालिटी घटाउने बताउँछन्। उनका अनुसार सेनिटाइजरको सट्टा पानी भएसम्म पानीकै प्रयोग गर्ने र यसको प्रयोग गर्नै परे छालालाई सुख्खा हुन नदिन मोस्चराइजर क्रिमको प्रयोग गर्न सल्लाह दिन्छन्। पहिल्यैदेखि छाला सुख्खा हुने समस्या भएकालाई यसले अझ बढी असर गर्ने उनको भनाई छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा