शनिबार थपिए १०९ जना कोरोना संक्रमित, थप एकको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ ।
हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १३ हजार ५३ पुगको मन्त्रालयले जनाएको छ । आज थप एक जनाको मृत्यु भएको पुष्टि भएको पनि मन्त्रालयले जानकारी दिएको छ । बाराकी १७ वर्षीया किशोरीको वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा शुक्रबार राती कोरोनाबाट मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा