नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
वीरगञ्जस्थित गण्डक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको हो। वीरगञ्ज महानगरपालिका–११ श्रीपुरकी ८५ वर्षीया वृद्धाको आज बिहान मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले बताए।
मुटुरोगी समेत रहेकी उनको स्वास्थ्यमा समस्या आएपछि पाँचदिन अघि एडभान्स अस्पताल भर्ना गरी उपचार शुरु गरिएको थियो । उपचारकै क्रममा कोरोना परीक्षण गर्दा उनको पोजेटिभ रिपोर्ट आएपछि गण्डक अस्पताल लगिएको बताइएको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा