विश्वभर कोरोना : संक्रमितको संख्या १ करोड ४८ लाख नाघ्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ४८ लाख ५२ हजार ७ सय पुगेको छ । गत २४ घण्टामा मात्रै २ लाख १८ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन्। जबकी २४ घण्टामा ४ हजार २९६ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
वर्ल्डोमीटरका अनुसार विभिन्न देशका ६ लाख १३ हजार २१३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । कोरोना संक्रमण भएर पनि उपचारपछि निको भएर घर फर्कनेको संख्या नै ८९ लाख बढी रहेको वर्ल्डोमीटरले जनाएको छ ।
अझै पनि ५३ लाख ३२ हजार बढी एक्टिभ कोरोना संक्रमितको विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ । चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिका बन्न पुगेको छ । हालसम्म अमेरिकामा मात्रै ३९ लाख ६१ हजार भन्दा बढी नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी त्यहाँ १ लाख ४३ हजार बढीले ज्यान गुमाएका छन्।
अमेरिकापछि ब्राजिलमा बढी संक्रमित रहेका छन्। त्यहाँ हालसम्म २१ लाख २१ हजार ६४५ जनामा कारोना पुष्टि भएको छ । संख्याको हिसाबमा भारत तेस्रो नम्बरमा पर्न आउँछ । भारतमा हालसम्म ११ लाख ५४ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यद्यपी भारतमा मृत्युदर भने कम रहेको छ ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै