त्रिवि शिक्षण अस्पतालकी नर्सको क्वारेन्टाइन अनुभव
कोरोनाको भन्दा समाजको डर बढी

अस्मिता ढकाल त्रिवि शिक्षण अस्पतालकी स्टाफ नर्स हुन् । १० वर्ष अघि देखि पेशामा रहेपनि उनले त्यहाँ काम गर्न लागेको ४ वर्ष भयो । हाल उनी अस्पतालको बर्थिङ सेन्टरमा कार्यरत छिन्। हुन त उनी कोरोना संक्रमितको उपचारमा प्रत्यक्ष रुपमा खटिएकी छैनन्। तर पनि एक साता अघि उनीसहित १९ जना सहकर्मीहरु कोरोनाको आशंकामा क्वारेन्टाइनमा बस्न बाध्य भए । कारण थियो कोरोना संक्रमित सुत्केरीको उपचारमा सलंग्न हुनु । क्वारेन्टाइन बसाई र कोरोनालाई हेर्ने समाजको दृष्टिकोणबारे उनले हेल्थ टिभी अनलइसँग गरेको कुराकानी उनकै शब्दमा:
गत वैशाख २३ गतेको कुरा हो म कार्यरत अस्पतालको बर्थिङ सेन्टरमा सिन्धुपाल्चोककी एक महिला सुत्केरी हुन आइन्। उनको समय अगावै बच्चा जन्मिन लागेकाले माथि लेबर रुममा पठायौं । पछि डेलिवरी भइसकेपछि हाम्रो सेन्टरमा पोस्ट न्याटल केयरका लागि ल्याइयो । त्यसमा मेरो नाइट ड्युटी भएकाले मैले उनलाई हेरें आमा बच्चा महिला दुबै स्वस्थ थिए । दुई दिन हामीकहाँ बसेपछि उनी २५ गते डिस्चार्ज भएर गइन्। यो हाम्रो सामान्य रुटिन हो । तर यो केस चाहिं म र मेरा साथीहरुका लागि सामान्य बनेन्।
अब हामीलाई हेर्ने दृष्टिकोण पनि फेरिन थालेको महशुस गर्न थालें। हाम्रो परीक्षण गरियो रिपोर्ट नेगेटिभ आयो ।तर पनि क्वारेन्टाइन बसेर घर फर्किदा टोलमा छिमेकीको हेराईले मन कटक्क खायो । सधैं बोल्नेहरु पनि बोल्न नपरे जस्तो गर्न थाले । मेरो रिपोर्ट नेगेटिभ भएको भन्दा पनि उनीहरु म सँग तर्सेको र बाटो नै परिवर्तन गरेर हिंड्न थालेको देख्दा मन पोल्यो । मनमनै भने हामी रिपोर्ट नेगेटिभ हुनेलाई त यस्तो छिछि दुरदुर गर्छन भने संक्रमितलाई गर्ने व्यवहार कस्तो होला भन्ने लाग्यो ।
त्यसपछि धेरैलाई हामीले सेवा दियौं । उनी हाम्रा लागि सेवाग्राही थिइन्। हामीले सेवा दियौं उनले लिइन् अनि गइन्। तर हामीलाई के थाहा ती महिला कोरोना संक्रमित थिइन् भन्ने । हुन त उनलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने अझै खुलेको छैन्। अचानक वैशाख ३ गते म १२ घण्टे अस्पतालको ड्युटी सकेर थकित भएर बेडमा पल्टेकी मात्र के थिएँ । एक जना मेरो साथीले फोन गरिन्। हाम्रो अस्पतालमा त सेवा लिएको एक जनालाई कोरोना भएर मृत्यु भएछ भनेर । शुरुमा त मलाई विश्वास नै लागेन पछि अन्य साथीहरुको पनि फोन आउन थाल्यो । त्यसपछि म डराएँ। तर एक मनले सुरक्षित भएर नै काम गरेको हो के होला र भन्ने भयो । भोलिपल्ट अस्पतालले फोन गरेर तपाइँहरु सबै जना क्वारेन्टाइन बस्नपर्ने भयो भनेर फोन आयो । हामी अस्पतालकै वार्डलाई क्वारेन्टाइन बनाएर बस्यौं । त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी कोरोना संक्रमित महिलाको मृत्यु भएको कुरा चारैतिर फैलिसकेको थियो ।
अब हामीलाई हेर्ने दृष्टिकोण पनि फेरिन थालेको महशुस गर्न थालें। हाम्रो परीक्षण गरियो रिपोर्ट नेगेटिभ आयो ।तर पनि क्वारेन्टाइन बसेर घर फर्किदा टोलमा छिमेकीको हेराईले मन कटक्क खायो । सधैं बोल्नेहरु पनि बोल्न नपरे जस्तो गर्न थाले । मेरो रिपोर्ट नेगेटिभ भएको भन्दा पनि उनीहरु म सँग तर्सेको र बाटो नै परिवर्तन गरेर हिंड्न थालेको देख्दा मन पोल्यो । मनमनै भने हामी रिपोर्ट नेगेटिभ हुनेलाई त यस्तो छिछि दुरदुर गर्छन भने संक्रमितलाई गर्ने व्यवहार कस्तो होला भन्ने लाग्यो ।
अहिले पनि मेरा छिमेकी म सँग राम्ररी बोल्न खोज्दैनन्। लाग्छ म अपराधी हुँ, ठुलै अपराध गरेर आएकी छु । सुत्केरीलाई संक्रमण भएपछि बर्थिङ सेन्टरलाई सिल गरिएकाले अहिले घरमै छु । मेरा साथीहरुले पनि समाजले गरेको व्यवहारले आफनो चित्त दुखेको सुनाउँछन्। हामी दिनरात नभनी बिरामीको सेवामा लागेका छौं । तर हामीलाई हौसलाको सट्टा यसरी हेरिन्छ भने कसरी काम गर्ने आँट आउँछ ? म स्वास्थ्यकर्मी भएकाले मलाई थाहा थियो म यो बेला अझ बढी खट्नुपर्छ भन्ने त्यसैले यो बेला संक्रमण हुने जोखिम भएकाले साना साना दुई जना बच्चालाई माइतीघर लगेर छोडेकी छु । घरमा बुढाबुढी सासुससुरा भएकाले उहाँहरुलाई पनि संक्रमणको जोखिम हुने भएकाले घरमा पनि नबसी दाइको घरमा एक्लै बस्दै आएकी छु । सानो छोराले हरेक दिन फोन गरेर कहिले आउने मामु भन्छ, मन कटक्क खान्छ छोरालाई अंगालो हालेर माया गर्न मन छ तर अहिले म त्यो गर्न सक्दिन । परिवारसँग बस्न मन कसलाई हुँदैन र ? तर हामी आफनो पेशागत धर्म निभाउँदै कोरोनाको महामारीमा पनि सेवा दिइरहेका छौं । तर हामीलाई गरिने व्यवहारले साहैं चित्त दुख्छ । लाग्छ हाम्रो समाजमा मानवता हराउँदै गएको छ ।
अहिले पनि मेरा छिमेकी म सँग राम्ररी बोल्न खोज्दैनन्। लाग्छ म अपराधी हुँ, ठुलै अपराध गरेर आएकी छु । परिवारसँग बस्न मन कसलाई हुँदैन र ? तर हामी आफनो पेशागत धर्म निभाउँदै कोरोनाको महामारीमा पनि सेवा दिइरहेका छौं । तर हामीलाई गरिने व्यवहारले साहैं चित्त दुख्छ । लाग्छ हाम्रो समाजमा मानवता हराउँदै गएको छ ।
यतिबेला सबैजना लकडाउनका कारण परिवारसँग घरभित्र छन्। तर हामी भने परिवारलाई छोडी दिनरात नभनी बिरामीको सेवामा छौं र तर हौसला दिनुको सट्टा पीडा पाइरहेका छौं । मसँगै काम गर्ने साथीहरुको अनुभव पनि त्यस्तै छ । अस्पतालमा काम गर्ने भनेपछि घरवेटीले घर छोड भनेका कति केस बाहिर आएका छन्। आखिर स्वास्थ्यकर्मीलाई जै यस्तो गर्ने हो भने तपाइँ आफै बिरामी पर्दा कसले सेवा दिन्छ सोध्न चाहन्छु । म संक्रमणको डरले परिवारबाट टाढा बसेकी छु तर पनि मेरो श्रीमानलाई समेत यसको श्रीमती अस्पतालमा कम गर्छे भनेर साथी भाइहरु टाढा टाढा हुने गरेको र बेला बेलामा सुनाउने गरेको बताउनुहुन्छ । यस्तो व्यवहारले कसरी काम गर्ने ?मानसिक पीडा हुने रहेछ । अस्पतालमा त फेरी पनि शंकास्पद बिरामी आउलान फेरी पनि सेवा दिन त पर्यो नै । कतिलाई मलाई कोरोना छैन भनेर सर्टिफिकेट देखाउँदै हिंड्ने ।
म मात्रै हैन म जस्ता धेरै स्वास्थ्यकर्मीले दुधे बच्चा घरमा छोडेर यो महामारीमा खटेका छन्। परिवारबाट अलग बसेर काममा खटिरहेका छन्। त्यसैले उनीहरुलाई यतिबेला सबैको हौसला, प्रोत्साहन चाहिएकोे छ । यो विषम परिस्थतीमा सबैै मिलेर यो महामारीसाग लडौं एक आर्काको हौसला बढाउँ, एकदिन कोरोनालाई अवस्य जित्न सकिन्छ ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा