Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

लकडाउनले घरभित्रै बस्न बाध्य बालबालिकाको हेरचाह यसरी गरौँ

लकडाउनले घरभित्रै बस्न बाध्य बालबालिकाको हेरचाह यसरी गरौँ

हेल्थ टिभी अनलाइन : कोरोना भाइरसको संक्रमणका कारण विश्वका धेरै देशसहित नेपाल पनि पुर्ण रुपमा लक डाउन भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले नेपाल लकडाउन गरेको हो । जसका कारण कलकारखाना, यातायात व्यापार, व्यवसाय सबै ठप्प प्राय छन्। सरकारले सबै नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ । यतिखेर बालबालिकाका विद्यालय पनि बन्द छन् । बालबालिकाहरु घरबाहिर निस्कन पाएका छैनन् । यसअघि हुने यस्ता लामो बिदामा बालबालिका आफन्तजनकोमा जाने, घुम्ने, रमाइलो गर्ने गर्थे तर अहिले घरको कोठामै बस्नु पर्ने बाध्यता भएको छ । त्यसैले अभिभावकले विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ ।

अभिभावकलाई कोराना संक्रमणको असर र जोखिमबारे थाहा भएपनि बालबालिकालाई यसबारे जानकारी नहुन सक्छ । लामोसमयसम्म घरमै कोठामै बन्देज भएर बस्दा बाल बालिकाहरुमा मनोवैज्ञानिक असर पर्न जान्छ त्यसैले अभिभावकहरु विशेष सचेत हुन जरुरी छ । यस्तो बेला अभिभावकको भूमिकाअझै महत्वपुर्ण हुन्छ ।

अभिभावकहरु यो बेला आत्तिनु हुँदैन । अभिभावक नै डराउँदा यसको असर बालबालिकालाई पर्न जान्छ । बालबालिकालाई हामी सुरक्षित छौँ भनेर आश्वस्त बनाउनुपर्छ । कोरोना भाइरस संक्रमण हुने कारण र अपनाउनु पर्ने सावधानीहरुबारे उनीहरुलाई पनि राम्रोसँग जानकारी गराउनुपर्छ ।

अभिभावकहरु यो बेला आत्तिनु हुँदैन । अभिभावक नै डराउँदा यसको असर बालबालिकालाई पर्न जान्छ । बालबालिकालाई हामी सुरक्षित छौँ भनेर आश्वस्त बनाउनुपर्छ । उनीहरुमा असुरक्षाको भावना पैदा गर्नु हुँदैन । उनीहरुलाई डर देखाउनु हुँदैन। कोरोना भाइरस संक्रमण हुने कारण र अपनाउनु पर्ने सावधानीहरुबारे उनीहरुलाई पनि राम्रोसँग जानकारी गराउनुपर्छ ।

घरमा बस्दा के गर्ने ? के नगर्ने ?
१) अभिभावकहरुले अनावश्यक डर उत्पन्न हुने समाचार, भिडियो तथा अन्य नकारात्मक कुराहरु बच्चाहरुको अगाडी नगर्ने, नदेखाउने ।
२) बालबालिकाको सरसफाइमा विशेष ध्यान दिने । माक्सको प्रयोग, सावुन पानीले हात धुने तरिका र स्यानिटाइजर प्रयोग गर्न सिकाउने ।
३) बालबालिकाको रुची अनुसारका क्रियाकलापहरु गराउने, गीत गाउने, नाचगान, कथाका कितावहरु, बालपत्रिका वा उनीहरुले मन पराउने पाठ्य सामाग्री दिने ।
४) रोग प्रतिरोधात्मक शक्ति बृद्धि गर्न खोनेकुरामा विशेष ध्यान दिने । झोलिलो खानेकुरा, दुध, अन्डा, फलफुल सँग गेडागुडीजस्ता खानेकुरा खुवाउने ।
५) यो समय मौसम परिवर्तनको पनि समय भएकोले मौसमी रुघाखोकी, ज्वरो आउन सक्छ । त्यसैले हरेक दिन तातो पानी, अदुवा, बेसार, तुलसीको पात जस्ता घरेलु सामग्री प्रयोग गरेर पानी खुवाउने ।
६) बालबालिकालाई कोराना संक्रमणको लक्षणसँग मिल्दोजुल्दो लक्षणहरु देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरिहाल्ने ।
७) घरमा कसैलाई रुघाखोकी, ज्वरो आएको छ भने बच्चाहरुलाई उनीहरु नजिक नराख्ने । बच्चाहरुलाई घरबाहिर जानै नदिने, घरको छतहरुमा सावधानीपूर्वक डुलाउने, खेलाउने । विहानको घाममा बस्न लगाउने ।
८) मोबाइल वा ट्यावमा गेम मात्र खेल्न दिँदा बालबालिकालाई मोबाइलको लत बस्न सक्छ । उनीहरुलाई गेममा मात्र नभइ अन्य ज्ञानबर्धक सामाग्री हेर्न सिकाउने ।
९) घरका सवै परिवार बसेरसँगै टिभीमा भएका रमाइला र ज्ञानबर्धक तथा मनोरञ्जनका सामग्री हेर्ने ।
१०) बालबालिकाहरुलाई घरभित्रै उनीहरुले सक्ने कामहरु लगाउन सकिन्छ । उनीहरुको उमेर अनुसार घरका सामानहरु मिलाउने, सफासुग्घर गर्ने तथा अभिभावकको निगरानीमा पानी उमाल्न, चिया पकाउन, तरकारी केलाउन सिकाउन सकिन्छ । यसो गर्दा उनीहरुको समय  सजिलै बित्छ र केही कुरा सिक्छन पनि ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै