सप्तरीमा ‘फ्लु’ ले तीन बालबालिकाकाे मृत्यु

सप्तरी : कञ्चनरुप नगरपालिकामा हङकङ फ्लु (ए एच–३) र स्वाइन फ्लु (एच–१, एन–१) को संक्रमणले तीन बालबालिकाको मृत्यु भएको छ।
अन्य बालबालिका पनि धमाधम बिरामी पर्न थालेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पठाएको विशेषज्ञसहितको टोलीले रोग फैलिएको पत्ता लगाएको हो।
महाशाखाअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखाका प्रमुख डा. प्रकाश साहको नेतृत्वमा सप्तरी आएको विशेषज्ञसहितको टोलीले स्वास्थ्य शिविर सञ्चालन गरी एक हजार १२२ जनाको उपचार गरेको थियो । तीमध्ये शंकास्पद १६ जनाको रगत जाँचका लागि काठमाडौंस्थित प्रयोगशालामा पठाइएकोमा ११ जना संक्रमित भेटिएको डा. साहले जानकारी दिए।
शिविरमा स्वास्थ्योपचार क्रममा शंकास्पद देखिएका हनुमाननगरका ६ र कञ्चनरूपका १० जनाको रगत विशेष जाँचका लागि पठाएका उनले बताए। तीमध्ये हनुमाननगरका पाँच तथा कञ्चनपरूपका पाँच जनामा हङकङ फ्लु (एरएच–३) र कञ्चनपुरका एकजनामा स्वाइन फ्लु (एच–१, एन–१) को संक्रमण भेटिएको उनकाे भनाइ छ।
कडा संक्रमण भएकाले समयमै उपचार नपाउँदा मृत्युसमेत हुनसक्ने खतरा रहेको उनले बताए।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा