सर्वाेच्चले चिकित्सक संघलार्इ भन्याे, बन्द हडताल नगर्नु

काठमाडौं : सर्वोच्च अदाततले स्वास्थ्य सेवा बन्द हडतालजस्ता कार्य नगर्न नेपाल चिकित्सक संघको नाममा आदेश जारी गरेको छ।
बिहीबार जारी गरिएको आदेशमा भनिएको छ, ‘भदौ २६ गतेदेखि स्वास्थ्य सेवा बन्द गर्ने भनिएको संघको निर्णय अर्को आदेश नभएसम्म तत्काल कार्यान्वयन नगर्नु\नगराउनु।’
उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता विष्णुप्रसाद तिमिल्सनाले स्वास्थ्य क्षेत्रजस्तो आधारभूत क्षेत्रमा बन्द हडताल गर्न नहुने भन्दै दायर गरेकाे रिट निवेदनमा अदालतले यस्ताे अादेश दिएकाे हाे।
यसअघि संघले मुलुकी अपराध (संहिता) ऐन २०७४ संशोधनका विषयलाई लिएर आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा