निर्मला बलात्कारपछि हत्या प्रकरण : एसपी विष्टकाे पनि डीएनए जाँच
प्रदर्शनमा घाइते एकलार्इ पक्षघात, एककाे हाेश अझै खुलेन

काठमाडौं ः निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित तीनजनाको डीएनए परीक्षण सुरु भएको छ। प्रहरी प्रधान कार्यालयले विष्टसहित तीनजनाकोे डीएनए परीक्षणका लागि रगतको नमूना संकलन गरेको हो।
हाल निलम्बनमा रहेका एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टका भतिजा आयुषको रगत लिएर डीएनए परीक्षण सुरु गरिएको प्रहरी प्रवक्ता शैलेश थापा क्षत्रीले जानकारी दिए।
गत साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मलाको बलात्कार र हत्या प्रकरणमा एसपी विष्टसहित तीन जना शंकाको दायरामा परेपछि उनीहरूको डीएनए परीक्षण शुरु गरिएको हो।
हातगाेडा नै चल्दैनन् उमेशका
निर्मलाको हत्यारा पत्ता लगाउन माग गर्दै आन्दोलनमा प्रहरीको गोली लागी घाइते भएका भीमदत्त–१ का १६ वर्षीय उमेश देउवाको अवस्था गम्भीर छ। उनको देब्रे खुट्टामा गोली लागेको थियाे। देब्रेपट्टिका हातखुट्टा नै नचल्ने भएको छ।
खाने पिउने र दिशापिसाबसमेत ओछ्यानमै गराउनुपर्ने अवस्था छ। चिकित्सकले ज्यान बचाए पनि खुट्टाको ग्यारेन्टी लिन नसक्ने बताएको उनका बुबा यज्ञराजले बताए।
अझै हाेशमा अाएनन् अर्जुन
यस्तै गोली लागी घाइते भएका भीमदत्त नगरपालिकाकै अर्जुन भण्डाराको होश अझै खुल्न सकेको छैन। उनी अहिले त्रिवि शिक्षण अस्पतालको आइसीयूमा छन्। उनलाई खुट्टामा गोली लागेको थियो। संक्रमण बढ्दै गएपछि अस्पताल भर्ना भएको ६ दिनमै खुट्टा काट्नुपरेको थियो।
उनकाे दिमागमा असर परेकाले हाेश खुल्न समय लागेकाे चिकित्सकले बताएका दाजु याेगेन्द्रले बताए।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने