बाँकेमा टिटानस सुई अभाव

बाँके : जिल्लामा टिटानस सुई अभाव भएको छ। औषधि व्यवसायी संघ भेरी अञ्चल शाखाका प्रवक्ता जीवन शर्माका अनुसार एक महिनादेखि बजारमा टिटानसको सुई अभाव छ।
सुई अभावका कारण भेरी अञ्चल अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जलगायतका अस्पतालमा बिरामीको उपचारमा कठिनाइ भएको छ ।
भारतीय कम्पनीले उत्पादन गरी वीरगञ्जमा रहेको सुपरस्टोरमा आउने र त्यहाँबाट थोक बिक्रेता हुँदै रिटेलर खुद्रा मेडिकलमा पुग्ने गरेकोमा एक महिनादेखि सो सुईको अभाव देखिएको हो ।
भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले अस्पतालले सो सुई उपलब्ध गराउने नभई बिरामी आएको खण्डमा बिरामीले नै खरीद गर्नुपर्ने भएकाले अस्पताललाई जानकारी नभएको बताए।
भेरी अञ्चल अस्पतालको इमर्जेन्सीमा कार्यरत स्वास्थ्यकर्मी सुदीप पौडेलले अस्पतालमा उपचारका लागि आउने बिरामीले बजारमा टिटानसको औषधि नभएको गुनासो गरेको बताए। सीमावर्ती रुपैडिहामा समेत अभाव रहेको आफूलाई जानकारी आएको पौडेलले जानकारी दिए।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा