तीन चिकित्सक अनुपस्थित हुँदा अस्पतालकाे सेवा प्रभावित

उदयपुर : कटारी अस्पतालका तीन चिकित्सक एकैपटक बाहिर गएपछि बिरामीको उपचारमा समस्या भएको छ। अस्पतालमा जनशक्ति अभाव भएपछि बिरामीलाई निजी क्लिनिकमा महँगो खर्चमा उपचार गराउन बाध्य भएको कटारी रिस्कु–३ की कुमारी दनुवारले बताइन्।
‘तीन डाक्टर अन्यत्र गए, दुईजना यसअघि नै सरुवा लिएर अन्यत्र गए’, अस्पतालका प्रमुख डा. गौरव साहले भने ‘एक जना करारका डाक्टरले सरकारीमा नाम निकालेर अन्यत्र गएपछि अहिले अस्पताल सञ्चालन गर्न मुस्किल परेको छ।’
डाक्टर हिँडेपछि बिरामीको चाप थेगिनसक्नु भएको र सम्बन्धित मन्त्रालय तथा विभागमा समेत जानकारी गराए पनि अहिलेसम्म सुनुवाइ नभएको डा. साहले जानकारी दिए। कटारी अस्पतालमा उदयपुरको पश्चिमी क्षेत्र, दक्षिणी ओखलढुङ्गा क्षेत्र र पूर्वी सिन्धुली क्षेत्रदेखि बिरामी ठूलो सङ्ख्यामा उपचारका लागि आउने गरेको अस्पतालका कर्मचारी बताउँछन् ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा