निर्मला बलात्कारपछि हत्या प्रकरण : कहिले अाउँछ ‘डीएनए टेस्ट’ रिपाेर्ट ?

काठमाडाैं : कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा दिएसँगै घटना थप रहस्यमय बनेकाे छ।समितिमा न्याय सेवाका एक मात्र अधिकारी केसीले समितिको म्याद फेरि १५ दिन थपिएपछि उनले असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।
‘डीएनए टेस्ट’को कम्लिकेसन र १५ दिभित्र प्रतिवेदन पेस नगरे हुनसक्ने जटिलताबारे बारम्बार कुरा राख्दै आए पनि ती विषय अाेझेलमा पर्ने देखेर राजीनामा दिएकाे’ भन्ने केसीकाे अभिव्यक्ति महत्त्वपूर्ण छ।
प्रहरी अपराधी पत्ता लगाउन डीएनए परीक्षणको रिपोर्ट पर्खिरहेको छ । घटनास्थलमा पाइएकाे नमुना प्रहरीको प्रयोगशाला र राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पठाइएको छ तर प्रहरीले कसरी नमुना संकलन गर्यो भन्ने विषयमा समितिका सदस्य केसीले छानबिन समितिमा आशंका व्यक्त गरेका थिए ।
डीएनए नमुना संकलनमाथि पनि प्रश्न उठेकाे छ । निर्मलाको शव उखुबारीमा भेटिएपछि सर्वसाधारणकै बीचमा प्रहरीले मुचुल्का उठाएकाे थियाे। शवको छेउमै भएको सुरुवाल एक अधिकृतकाे आदेशमा उठाएर महिला प्रहरीले पानीमा डुबाइन् र निर्मलाको शरीर ढाकिदिएकी थिइन्।
याे काममा उनलाई छेउमै उभिएका प्रहरीले पनि साथ दिएका थिए । यस्ताे किन गरियाे भन्ने प्रश्न उठेकै छ । बालिकाको शरीर ढाकिदिन गरिएकाे देखिए पनि सुरुवाल पानीमा पखाल्दा अपराधीको डीएनए प्रभावित भएको हुनसक्छ ।
त्यसपछि प्रहरीले दीपक नेगी र जीवन घर्तीमगर र किशोरी हेमन्ती भट्टलाई पनि यातना दिएर दोषी साबित गर्न खोजेको र दिलीपसिंह विष्टलाई पनि प्रहरीले फसाउन खोजेको आरोप लागिरहेको छ । त्यसैले वास्तविक दोषीलाई उम्काउन डीएनएको नमुना नष्ट गरिएकाे त हाेइन भन्ने प्रश्न उठेकाे छ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने