अञ्चल अस्पतालमा भाइरल ज्वरोका बिरामीकाे चाप

बुटवल : माैसम अस्थिर भएसँगै रूपन्देहीका विभिन्न स्थानमा भाइरल ज्वरोका बिरामी बढेका छन्। केही दिनयता जिल्लाका विभिन्न स्थानमा छिनमै पानी आउने र तुरुन्तै घाम लाग्ने मौसम भएसँगै भाइरल ज्वरोका बिरामी बढेका हुन्।
चिकित्सक डा. राजेन्द्र क्षत्रीका अनुसार लुम्बिनी अञ्चल अस्पताल बुटवलमा अहिले दैनिक एक हजार बढी बिरामी उपचारका लागि आउने गरेका छन्। विगत केही दिनदेखि बिरामीको चाप बढेपछि अस्पतालमा शय्याको समेत अभाव भएको छ जसका कारण बिरामी भुइँमा बसेर उपचार गराउँछन्।
अस्पतालले जिल्लाका विभिन्न स्थानबाट भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेको जनाएको छ। अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले टाउको दुख्ने, ज्वरो आउने र शरीर दुख्ने तथा खोकीका बिरामी उपचारका लागि आउने गरेको बताए
बुटवलकै सिद्धार्थ बाल तथा महिला अस्पतालमा पनि भाइरल ज्वरोका बिरामी बढेका छन्। यस्तै रूपन्देहीका ग्रामीण क्षेत्रमा समेत भाइरल ज्वरोको सङ्क्रमण बढेका कारण ती क्षेत्रमा रहेका स्वास्थ्य केन्द्रमा समेत भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा