सुरक्षित गर्भपतन गराउने बढे

सर्लाही : जिल्लामा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढेको छ। जिल्लामा परिवार नियोजन सङ्घ, मेरी स्टोप्स् र आइपास नेपाल संस्थाले सुरक्षित गर्भपतन गराउँदै आएका छन् ।
आर्थिक वर्ष २०७४\७५ मा जिल्लामा एक हजार ८९७ किशोरी तथा महिलाले सुरक्षित गर्भपतन सेवा लिएको तथ्यांक छ। चालु आर्थिक वर्षको दुई महिना बित्न लाग्दा ३३३ जनाले सुरक्षित गर्भपतन गराएका छन्।
सेवा लिनेमध्ये करीब ९० प्रतिशत महिलाले गर्भपतनपछि परिवार नियोजनको सेवासमेत लिएका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । आइपास नेपाल संस्थाको सहयोगमा जिल्लाका १४ वटा सरकारी स्वास्थ्य संस्थाले निःशुल्क सुरक्षित गर्भपतन सेवा प्रदान गर्दै आएका छन्।
त्यस्तै परिवार नियोजन सङ्घले पनि सदरमुकाम मलङ्गवा र हरिवनकाे मेरी स्टोप्स सेन्टरले लालबन्दीमा सुरक्षित गर्भपतन गराउँदै आएको छ । यसबाट जिल्लाका गरीब तथा पिछडिएका महिला तथा किशोरीको पनि पहुँच बढ्दै गएको सरोकारवालाको भनाइ छ।
जिल्लामा निःशुल्क रुपमा तालिमप्राप्त स्वास्थ्यकर्मीबाट सेवा हुँदाहुँदै पनि अझै कतिपय महिलामा असुरक्षित गर्भपतन गराउने चलन रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका नर्स लक्ष्मी श्रेष्ठले बताइन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा