डिम्बाशय क्यान्सरसम्बन्धी जनचेतना जगाउन ‘वाकाथन’

ललितपुर : क्यान्सर मृत्यु होइन भन्ने सन्देश दिन क्यान्सर केयर नेपालले शनिबार ‘वाकाथन’ आयोजना गरेको छ। ललिपुरको जावलाखेलस्थित नेसनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरबाट पाटन दरबार स्वायरसम्म वाकाथन गरिएको हो।
कार्यक्रममा चर्चित बलिउड अभिनेतृ मनिषा कोइरालासहित क्यान्सर विशेषज्ञ एवं सर्वसाधारण सहभागी थिए। वाकाथनपछि आयोजित कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा.सन्ध्या चापागाईँले सेप्टेम्बर डिम्बासय क्यान्सरसम्बन्धी जनचेतना जगाउने महिना भएकाले कार्यक्रम गरिएको बताइन्।
डिम्बाशय क्यान्सरमा पहिले लक्षण नदेखिने र पूरै फैलिसकेपछि मात्रै केही लक्षण देखिने हुनाले महिलाहरूले कम्तीमा वर्षमा एकपटक ‘ क्यान्सर छ कि छैन’ भनेर जाँच गराउन आवश्यक हुने बताइन्। कार्यक्रममा डिम्बाशय क्यान्सरबाट जोगिन सन्देशमूलक सडक नाटकसमेत देखाइएको थियो।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा