पौडेल ओम अस्पतालको अध्यक्ष चयन

काठमाडौं : चाबहिलस्थित ओम अस्पताल एण्ड रिसर्च सेन्टरको सञ्चालक समितिको अध्यक्षमा उद्धव पौडेल सर्वसम्मत चयन भएका छन्। डा.भोला रिजालले नेतृत्व छाडेपछि पौडेल अध्यक्ष चयन भएका हुन्।
स्थापनाकालदेखि नै अस्पतालको सञ्चालक समितिमा रहेका पौडेल चलचित्र निर्माता, व्यवसायी र राजनीतिकर्मी हुन्। उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता हुन्।
अध्यक्ष बनेपछि पौडेलले ‘ओम’लाई मुलुककै उत्कृष्ट अस्पताल बनाउन प्रयत्न गर्ने प्रतिक्रिया दिए।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा