अाेम अस्पताल छाडे रिजालले, अब एनएमसीमा बिरामी जाँच्ने

काठमाडौं : वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.भोला रिजालले ओम अस्पताल छाडेका छन्। ओम अस्पतालको व्यवस्थापनको नेतृत्वमा चलचित्र निर्माता उद्धव पौडेल प्रवेश गरेसँगै रिजाल बाहिरिएका हुन्।
ओमबाट बाहिरिएसँगै डा.रिजाल नेपाल मेडिकल कलेज शिक्षण अस्पताल (एनएमसी) अत्तरखेलमा जाने भएका छन्। रिजालले आगामी सोमबारदेखि हप्ताको ६ दिन त्यहाँ नियमित स्वास्थ्य सेवा दिने भएका छन्।
२०४७ सालमा डा.रिजालकै नेतृत्वमा सुरु गरिएको ओम अस्पताल तथा अनुसन्धान केन्द्रले स्त्री तथा प्रसूति रोगको उपचारमा ख्याति कमाएको छ। यो अस्पताल नेपालमा टेष्ट ट्युब बच्चा सफल रूपमा जन्माउने पहिलो अस्पताल हो। याे पनि डा.रिजालकै पहलमा सुरू भएकाे थियाे।
ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको सञ्चालक समितिको भदौ २० मा बसेको बैठकले अस्पतालका सञ्चालक उद्धव पौडेललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो। अस्पतालको स्थापनाकालदेखि सञ्चालक समितिमा रहेका पौडेल गाेपीकृष्ण चलचित्र हलका मालिक पनि हुन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा