चिकित्सक संघका अध्यक्षले दिए सरकारी सेवाबाट राजीनामा

काठमाडौं : नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सरकारी सेवाबाट राजीनामा दिएका छन्।
यही भदौ १ गते दिएको उनकाे राजीनामा स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको हो। ‘सरकारी सेवामा बसेर काम गर्ने अवस्था नरहेकाले राजीनामा दिएको हुँ’, हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै उनले भने, ‘बाहिरै बसेर जनस्वास्थ्य क्षेत्रमा काम गर्ने विचार गरेको छु।’
काभ्रेपलाञ्चोक मेथिनकोट अस्पतालमा कार्यरत उनले हाल स्वास्थ्य मन्त्रालयमा हाजिर गरिरहेका थिए। डा.श्रेष्ठ नेपाल सरकारको १० औं तह (उपसचिव) पदमा कार्यरत थिए।
पछिल्लो समय चिकित्सकीय पेशामा भन्दा पनि बढी राजनीतिमा लागेको भन्दै उनकाे आलोचना हुँदै आएको थियो। आलोचना बढ्दै गएपछि डा.श्रेष्ठले राजीनामा दिएका हुन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा