‘चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘कानुन मान्दैनौँ भनेका होइनौँ’

‘चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘कानुन मान्दैनौँ भनेका होइनौँ’

काठमाडौं : नेपाल चिकित्सक संघले  मुलुकी अपराध (संहिता) ऐन सोमबारसम्म संशोधन नभए कडा आन्दोलनमा जाने चेतावनी दिएको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघले अहिले आन्दोलन स्थगन मात्र गरिएको भन्दै विरोधका पूरै कार्यक्रम फिर्ता नभएको जानकारी दिएको हो।

सरकारले सोमबारसम्म ऐन संशोधन गर्ने प्रतिबद्धता दिएकाले मात्रै आन्दोलन स्थगन गरेका हौँ’, संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले भने, ‘सरकारले दिएको समयसीमासम्म कुर्छौँ। त्यसपछि पनि सम्बोधन भएन भने देशभरका सम्पूर्ण सेवा ठप्प पार्नेछौँ।’ ऐनविरुद्ध खबरदारी गर्ने काम भने अहिले पनि जारी रहेको उनको भनाइ छ।

उनले ऐनमा चिकित्सकहरूलाई गलत ढंगले प्रस्तुत गरिएको टिप्पणी गरे।‘बदनियत चिताएपछि कसरी उपचार हुन्छ? त्यो त अपराध भयो’, डा.श्रेष्ठले भने।

चिकित्सकले पेशा छोड्ने स्थिति नआओस् भनेर मात्र आन्दोलन गरेको उनले बताए। ‘तर यहाँ सरकार र केही व्यक्तिहरुले चिकित्सकहरूले कानुन नमान्ने भनेको हल्ला पिटेका छन्’, उनले भने, ‘हामीले कानुन मान्दैनौँ भनेका होइनौँ। चिकित्सकलाई अपराधी करार गर्न खोजेकोमा मात्र आपत्ति जनाएका हौँ।’

उनले आफ्नो लागि नभएर बिरामीको लागि आन्दोलन गरेको तर्क गरे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा